२१ फागुन २०७८, शनिवार
झापाको बिर्तामोड-३ स्थित डोमालाल रङ्गशालामा जारी नेपाल आइस पाँचौ झापा गोल्ड कपको उद्घाटन खेलमा सातदोबाटो बिजयी भएको छ । खेलको अन्तिम समय सम्म २,२ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो ।
पहिलो हाफमा जावलाखेल युथ क्लबले २ र सातदोबाटो युथ क्लबले १ गोल गरेको थियो ।
खेलको शुरुवातमै सातदोबाटोको तर्फबाट मार्टिन्स कयादे अजायिले १ गोल गरेर टिमलाई अग्रता दिलाए ।
खेलको बाह्रौं मिनेटमा जावलाखेलको तर्फबाट जुनियरले गोल गरेर खेललाई बराबरीमा पुर्याए । खेलको ३५ औ मिनेटमा पुन: जावलाखेलको तर्फबाट जुनियरले थप १ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया