+
Search

ताजा अपडेट +

पपुलर +

रुसद्वारा युक्रेनमा ‘युद्धविराम’ घोषणा

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २१, शनिबार ०९:३७ गते

२१ फागुन २०७८, शनिवार
रुसले युक्रेनमा युद्धविराम घोषणा गरेको छ । युक्रेनमा आक्रमण थालेको दसौँ दिनमा रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो ।

मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युक्रेनका दुई शहरमा युद्धविराम घोषणा गरेको छ । मरिपोल र भोल्नोभाखाका स्थानीय बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुल्ला गरिने छ जनाइएको छ ।

रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपो र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ।

त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd