+
Search

ताजा अपडेट +

पपुलर +

मुलुकभर थप १२६ जनामा कोरोना पुष्टि, १ संक्रमितको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन २०, शुक्रबार १३:११ गते

२० फागुन २०७८, शुक्रवार
मुलुकभर पछिल्लो २४ घण्टामा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ११ जना र १ हजार ८४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ८८७ पुगेको छ । सोही अवधिमा ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ७ हजार २४२ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd