२० फागुन २०७८, शुक्रवार
झापामा पहिलोपटक रात्रीकालीन भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको सदरमुकाम भद्रपुरस्थित भद्रपुर माविको मैदानमा रात्रीकालीन भलिबल प्रतियोगिता आयोजनाको तयारी गरिएको छ ।
खेलकुदको माध्यमबाट युवा वर्गको सशक्तिकरण गर्ने उद्देश्यले भद्रपुरमा हालै गठन भएको भद्रपुर युवा परिवारले संस्था स्थापनाको अवसर पारेर आगामी चैत ६ गतेदेखि ८ गतेसम्म वडास्तरीय नकआउट रात्रीकालीन भलिबल प्रतियोगिता गर्न लागेको अध्यक्ष बिर्जु सहनीले जानकारी दिए ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाले प्रतियोगितामा विजेता टिमलाई नगद ३५ हजार र उपविजेता टिमलाई नगद २० हजार र सर्वोत्कृष्ट खेलाडीलाई नगद २ हजार र ट्रफिसहित पुरस्कृत गरिने जानकारी दिए ।
प्रदेश १ मै इटहरीपछि भद्रपुरमा गर्न लागिएको रात्रीकालीन भलिबल प्रतियोगिता सम्पन्न गनै करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको युवा परिवारका कोषाध्यक्ष रविकुमार मुखियाले जानकारी दिए ।
प्रतिक्रिया