+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी हौं भन्दै लुटपाट गर्ने ८ जना पक्राउ

दर्पण
२०७८ फाल्गुन २०, शुक्रबार १०:०५ गते

२० फागुन २०७८, शुक्रबार
हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका-५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी-३ धादिङका शंकर रेग्मी, महाकाली-२ डडेल्धुराका हिक्मत महरा र शुक्लाफाँटा-४ कञ्चनपुरका सुवाष रतोकी छन् ।

त्यस्‍तै शुक्लाफाँटा-२ कञ्चनपुरका मिलन बोहरा, याङ्गक-८ पाँचथरका भविन्द्र बेगा, नौमुले-५ सल्लेरी, दैलेखका योगेन्द्रबहादुर चन्द्र र गौमुखी-६ प्युठानका कमल सुनार पनि पक्राउ परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।