+
Search

ताजा अपडेट +

पपुलर +

साङ्लोमा बाँधिएका बालकको उद्धार, धरानमा उपचार हुने

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १९, बिहीबार ११:२२ गते

१९ फागुन २०७८, बिहिवार
साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका–५ का नौ वर्षीय बालक आकाश चौधरीको उद्धार भएको छ । सञ्चारमाध्यममा ९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए शिर्षकमा समाचार प्रकाशन भए लगत्तै उनको उद्धार भएको हो ।

मेची अभियानले बालकको घरमै पुगेर उद्धार गर्दै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली घरमा पुगरे आकाशको उद्दार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले जानकारी दिए ।

बालकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मासहितको टिमले उपचार गर्ने प्रवन्ध मिलाइएको बताइएको छ । चिकित्सकको टोलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेपछि उनको उपचारका लागि धरान लगिएको भण्डारीले जानकारी दिए ।

बालकको उपचार निःशुल्क हुने भएको छ । बालकलाई प्रतिष्ठानसम्म पुर्याउने नेपाल रेडक्रस सोसाइटी झापा शाखाले एम्बुलेन्स उपलब्ध गराएको सभापति लोकराज ढकालले बताए ।

आर्थिक अवस्था कमजोर हुँदा उपचार पाउनु पर्ने आकाशलाई केही महिना अघिदेखि साङ्लो बाँधेर राखिएको थियोे । उनमा अस्वाभाविक परिवर्तन आएपछि फलामे साङ्लोले बाँधेर राखिएको हो

। घर छाडेर जतासुकै जाने, जे पायो त्यही खाने, अस्वाभाविक व्यवहार देखाउन थालेपछि आकाशलाई साङ्लोले बाँधेर राखेको बुबा सेवुलालले बताएका थिए ।

पैसा अभावमा छोरालाई उपचारका लागि अस्पताल लान नसकेको सेवुलालको दुखेसोसहितको समाचार प्रकाशन भएको थियो । आर्थिक अवस्था कमजोर भएका सोबुलाल दैनिक ज्याला मजदुरी गरेर गर्जो टार्दै आएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd