१६ फागुन २०७८, सोमबार
एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यु लागेको छ ।
प्रदर्शन उग्र हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज साेमवार सवा ८ बजेदेखि भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँले वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लगाएका जानकारी दिनुभयो । आन्दोलनकारीले आज विभिन्न दलका पार्टी कार्यालयमा आगजनी गरेका छन्, अवस्था तनावपूर्ण रहेको छ ।
प्रदर्शन नरोकिएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यू लगाएको छ ।
प्रतिक्रिया