+
Search

ताजा अपडेट +

पपुलर +

चिल्ड्रेन इनभारोमेन्ट स्कुलमा अन्तर पुस्ता हस्तान्तरण कार्यक्रम

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १६, सोमबार ०७:४० गते

१६ फागुन २०७८, सोमवार

जेष्ठ नागरिकहरुको अनुभव आदान प्रदान साथै अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम अन्तरगत एक दिवशिय विद्यार्थी अभिमुखी गोष्ठी बिर्तामोडको चिल्ड्रेन इनभारोमेन्ट स्कुलमा सम्पन्न भएको छ ।

बिर्तामोड नपगरपालिका महिला तथा जेष्ठ नागरिक बिभागका पुस्पा कार्की, युग कुमारी भट्टराई तथा कन्चन बास्कोटाले मध्यस्थता गर्नु भएको उक्त कार्यक्रमका प्रमुख वक्ता शिक्षा मन्त्रालय पुर्व उपसचिव श्री उद्दब बिस्टले आफ्ना पिता पुर्खा बाट सिक्नु पर्ने अनेकै कला सस्कृती र परम्परालाई नया पुस्तामा हस्तान्तरण गरिदै लैजानु पर्ने कुरा लाई प्रस्तुत गर्नुभएको थियो ।

पुर्खाको ऐतिहासिक , धार्मिक , सास्कृतिक र नैतिक आचरणलाइ अनुसरण गर्न सके नया पुस्ता सभ्य र सफल हुन सक्ने कुरालाइ विशेष जोड दिइएको उक्त कार्यक्रम मा बिद्यालयको कक्षा ९ र १० मा अध्यन गर्ने ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


चिल्ड्रेन इनभारोमेन्ट स्कुल बिर्तामोड मा समय समयमा हुने यश प्रकारका कार्यक्रम हरु निकै नै फलदायी हुने कुरा बिद्यालयका प्रीन्सिपल सन्तोस सुब्बाले बताउदै बिर्तामोड नगरपालिकालाई विशेष धन्यबाद दिनु भएको थियो । त्यसरी नै बिधालय कि बाल क्लब अध्यक्ष एन्जल लुइटेल ले सहभागी सबै विद्यार्थीहरुको तर्फ बाट कार्यक्रम आयोजक प्रति आभार प्रकट गरेकी थिन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd