+
Search

ताजा अपडेट +

पपुलर +

झापाबाट भूमिगत समूह हिमाल सुरक्षा परिषदद्वारा ‘सशस्त्र युद्ध’को घोषणा

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १६, सोमबार ०३:५७ गते

१६ फागुन २०७८, सोमवार
भूमिगत शैलीमा आतङ्क सिर्जना गरिरहेको हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्धको घोषणा गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै हिमाल सुरक्षा परिषद् नेपालले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्रसहित २०४७ सालको संविधान लागू गर्न माग गर्दै सशस्त्र युद्धको घोषणा गरेको हो ।

हिमाल सुरक्षा परिषद् नेपालका केन्द्रीय अध्यक्षको हस्ताक्षरसहित प्राप्त विज्ञप्तिमा भनिएको छ– यो देशको परिस्थिति भ्रष्ट्राचार देशद्रोही र खर्चिलो सङ्घीयतालाई ध्यान दिएर सशस्त्र युद्धको घोषणा गर्दछौँ । परिषद्ले विभिन्न २० बुँदे मागहरू पनि राखेको छ ।

सङ्घीयता खारेज, ५ विकास क्षेत्र कायम गरिनुपर्ने, हिन्दु राष्ट्रै कायम गर्नुपर्ने, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सीमा विवाद समाधान गरिनुपर्ने, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने, एमसीसी सम्झौता खारेज गरिनुपर्ने लगायतका मागहरू अघि सारेको छ ।

यसैबिच झापाको बिर्तामोड र दमकमा बम आतङ्क सिर्जना गरेको हिमाल सुरक्षा परिषद् नेपालका ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । विज्ञप्तिको विषयमा भने झापा प्रहरीले अनविज्ञ ता प्रकट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलले भने–हिमाल सुरक्षा परिषद् नेपालले सशस्त्र युद्ध घोषणा गरेको विषयमा कुनै जानकारी प्राप्त छैन । उनले हिमाल सुरक्षा परिषद् नेपाल एउटा आपराधिक समूह भएकाले उनीहरूको खोजी तीव्र बनाइएको जानकारी दिए ।

टाइम्स अफ प्रदेशबाट

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd