१६ फागुन २०७८, सोमवार
संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले एमसीसी पास गरेकोमा खुखी व्यक्त गरेको हो ।
उसले बिज्ञप्तिमा एमसीसी पास भएसँगै अब नेपाली जनताका लागि रोजगारी सृजना हुने उल्लेख गरेको छ ।
त्यस्तै बिद्युत आपूर्ति पनि वृद्धि हुने र ढ्वानीमा पनि खर्च घट्ने अमेरिकाको भनाइ छ । साथै नेपालले अब पाँच वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्ने अवस्थामा रहेको भन्दै अमेरिकाले खुसी व्यक्त गरेको छ ।
उसले नेपाल अमेरिका सम्भन्धको ७५औँ वर्षसम्म आइपुग्दा नेपालमा विशाल र अपत्यारिलो परिवर्तन भएको र त्यसलाई अमेरिकाले अझै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
‘अब यस पाँच–वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ,’ दूतावासले निकालिएको बिज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया