१५ फागुन २०७८, आइतबार
झापा,आकाश क्षेत्री
बाह्रदशी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न वडा हरूमा बिगत केहि बर्षदेखि जङ्गली हत्तीको कारण मानविय क्षती नभएता पनि अन्नबालि, भौतिक संरचनाहरूमा ठूलो क्षती पुर्याउँदै आएकोछ ।
चुनाबको बेलामा हात्ती न्युनिकरण गर्ने प्रतिबद्दता राखेका राजनीतिक दलका नेताहरूले पनि यस तर्फ विशेष चासो नदिएकोले यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूको गुनासो रहेको छ ।
चुनाबका बेला यस ठाउँलाइ हात्ती आतंक न्युनिकरण हुन्छ भन्ने प्रतिबद्धता राखेकै भरमा चुनाब जितेका नेताहरूले पनि यस ठाउँलाइ बेवास्ता गरेको स्थानियले दुखेसो पोखेका छन ।
फेरि पनि चुनाब नजिकैदै गर्दा गाउँघर, बजार तिर चुनाबको माहोल तातिन थालेको छ ।
अब आउने निर्वाचनमा पार्टी भन्दापनि ब्यक्ति हेरेर आफ्नो मतदान गर्ने यसै क्षेत्रका बासिन्दा हरूको भनाइ रहेको छ ।
बिगतका दिनहरूमा हामिले ब्यती नचिनि मतदान गर्यो, अब हामी धेरै सचेत हुन आवश्य छ, चुनाब का बेला जनताको साथ लिनको लागि आफू निर्बाचित हुनको लागि मीठो बोली बोलेर सोजा जनतालाई बेवास्था गरिएकोमा जनताहरूको ठूलो आपति छ ।
हात्ती आतंक कै कारण हामी रातभरि जागै बस्नु पर्ने बाध्यता ,पसिना चुहाएर लागाऐको बालि नालि लाई कस्ले सुरक्षा गर्ने भन्ने बिसयमा सँधै चिन्तित छौ ।
हात्ती आतंक न्युनिकरणमा खेल्नु पर्ने महत्त्वपूर्ण भुमिकालाई चाँडै न्युनिकरण गरि हामिलाइ सुरक्षित तरिकाले बस्न सक्ने ब्यवस्था गरियोस जनताको दुख बुझि जनतालाई साथ दिने सबै मा अनुरोध छ ।
प्रतिक्रिया