+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसीलाई समर्थन गर्ने राष्ट्रिय गद्दारः भीम रावल

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १५, आईतवार १३:१७ गते

१५ फागुन २०७८, आइतबार
नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीमा ज जस्ले समर्थन गर्छन् उनीहरु राष्ट्रिय गद्दारका रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् ।

आज प्रतिनिधि सभामा एमसीसीबारेको छलफलमा सहभागी हुँदै उनले देशकै अपमान हुने गरी एमसीसी अनुमोदन गर्न खोजिएको बताए ।

‘राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय होहल्लाबीच प्रस्तुत गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो, नेपाल राष्ट्रको अपमान हो,’ रावलले भने,‘यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती दर्ज हुनेछ ।

ज-जस्ले समर्थन गर्छन् तिनीहरु राष्ट्रिय गद्दार भनेर नेपालको इतिहासमा अंकित हुनेछन् ।’ रावल एमसीसी अनुमोदन गर्न तयार हुनेहरुप्रति आक्रामक रुपमा प्रस्तुत भए । उनले इतिहासले सबैको हिसाबकिताब गर्ने समेत बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd