१४ फागुन २०७८, शनिवार
झापाको गौरादह नगरपालिका का एक वडाध्यक्ष प्रहरी हिरासतमा पुगेका छन् । वडा नं ७ का वडाध्यक्ष बलराम खरेल प्रहरी हिरासतमा पुगेका हुन् ।
विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोह मध्येकै मतियारको आरोप लागेका खरेलले आफै प्रहरी कार्यालय मा उपस्थित भइ आत्म समर्पण गरेको कुरा प्रहरी ले जनाएको छ ।
सो काण्डमा उनि सहित एक जना मालपोत कार्यालय का कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मालपोतका अधिकृत चेतन अधिकारी रहेको कुरा जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ ।
उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज-१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) लगायत १० जना यस अघि नै पक्राउ परिसकेका छन् भने खरेल र अधिकारी भने त्यो बेला पक्राउ पर्न सकेका थिएनन् ।
उनीहरुलाई संगठित अपराध , सरकारी छाप किर्ते , ठगी लगायतका मुद्दामा म्याद थप गरि अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया