+
Search

ताजा अपडेट +

पपुलर +

थप १५५ जनामा कोरोना पुष्टि, २ संक्रमितको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १४, शनिबार ११:४१ गते

१४ फागुन २०७८, शनिबार
मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १५२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार २३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ सय १ जना र २ हजार ९१३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार ०८० पुगेको छ । सोही अवधिमा १ लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ८ हजार ८३९ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd