+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसीमा साथ दिनुस्, कि सरकार छाड्नुस् :-बाबुराम

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १४, शनिबार ११:२० गते

१४ फागुन २०७८, शनिबार
सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि प्रचण्डलाई सुझाव दिए ।‘खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई । कि त तपाईले यसलाई साथ दिनोस् १३८ पु¥याएर पारित गर्नोस् ।

होइन भने तपाईं सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाहिं राष्ट्रवाद भित्र चाहिं राष्ट्रघात गर्न पाईदैन’ उनले भने, ‘पहिलो विकल्प, तपाईले साथ दिनुहोस् । होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ । हामी बहुमत पुर्‍याएर पारित गर्छाै ।

हाम्रो स्पष्ट धारणा यो छ । लटरपटर कुरा हुँदैन ।’ एमसीसी महत्वपूर्ण विषय भएको भन्दै भट्टराईले संसदमा उपस्थितको बहुमतले नभई संसदमा रहेको कुल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्नुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd