१४ फागुन २०७८, शनिबार
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले युक्रेनमाथि रुसले गरेको आक्रमणबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् ।
उनले युक्रेनमाथिको आक्रमणको घटनाले कुनै पनि शक्ति राष्ट्रले आफ्नो रणनीतिक स्वार्थका लागि अर्को राष्ट्रलाई प्रयोग गर्न खोज्दा र त्यसलाई स्वीकार गर्दा साना राष्ट्रको अस्तित्व नै गुम्ने खतरा हुने पाठ सिकाएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले नेपालले पनि आफ्नो भूराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यो घटनाबाट पाठ सिक्नुपर्ने बताएका छन् ।
‘यस प्रकरणमा आमेरिकाले युक्रेनको छिमेकी रुसको विरुद्ध युक्रेनलाई प्रयोग गर्न खोज्दा र युक्रेन त्यो भूमिकाको निम्ति तयार हुँदा आजको यो आक्रमण, युद्ध र अस्तित्व बिसर्जनको दुःखद घटना उत्पन्न भयो’ श्रेष्ठले भनेका छन्, ‘नेपालले आफ्नो भुराजनीतिक संवेदनशीलतालाई ध्यान दिँदै यस घटनाबाट समेत शिक्षा लिन सक्नु पर्दछ ।’
प्रतिक्रिया