१४ फागुन २०७८, शनिबार
खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ । खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याए । राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ ।
अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ । यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ ।
उनी भन्छन्, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न । शिक्षा प्रमुखः खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ ।”
प्रतिक्रिया