१३ फागुन २०७८, शुक्रबार
२८ मंसिर, २०७७ मा ढाका पुगेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भनेका थिए ।
‘परिस्थिति अनुकल भए नेपालमा उत्पादित विद्युत आउँदो वर्षबाटै किन्ने इच्छा छ ।’ सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट बिजुली आफूहरुले किन्न सक्ने उनको भनाइ थियो ।
२०२२ मार्चमा आफैं नेपाल आएर सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग बंगलादेश ऊर्जा विकास बोर्डसँग सिधै खरिद सम्झौता (पीपीए) गर्ने सहमतिका लागि प्रस्ताव गर्ने उनले बताएका थिए ।
तर, नेपाल र बंगलादेशले चाहेर मात्रै दुई देशबीच विद्युत व्यापार सम्भव छैन । दुई देशको बीचमा रहेको भारत पनि नेपाल र बंगलादेशको बिजुली व्यापारको योजनामा सहमत हुनुपर्छ ।
भारतसँग यो विषय टुंगो नलागेकाले अझै पनि बंगलादेशसँग विद्युत व्यापार गर्ने नेपालको योजना अन्योलकै भुमरीमा फसेको छ ।
बंगलादेशमा बिजुली निर्यातका लागि नयाँ प्रसारणलाइन बनाउने र भारतको विद्यमान प्रसारणलाइनलाई सहप्रयोग गर्नेबारे नेपालले गरेको प्रस्तावमा भारतीय ऊर्जा मन्त्रालयले छलफल गर्न चाहेको छैन ।
प्रतिक्रिया