+
Search

ताजा अपडेट +

पपुलर +

आजको प्रतिनिधिसभा बैठक पनि सरकारकै आग्रहमा स्थगित

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १३, शुक्रबार ०८:०२ गते

प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो ।

कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
यसअघि बिहीबार पनि सरकारकै आग्रहमा बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd