१३ फाल्गुन, २०७८
रुसले सबैजसो सहरलक्षित गरी आक्रमण गरेपछि युक्रेनी राष्ट्रपतिले नागरिकलाई समेत हतियार बाँड्ने बताएका छन्।
बीबीसीका अनुसार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जसले चाहन्छ, उसलाई हतियार दिने बताएका हुन्।
रुसले आज बिहानैदेखि युक्रेनी भूभागमा सैन्य कारबाही गरिरहेको छ। रुसले आक्रमण गरेसँगै मृत्यु र घाइते हुनेबारे समाचार आउनथालेका छन्।
यसका साथै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ।
प्रतिक्रिया