+
Search

ताजा अपडेट +

पपुलर +

एमसीसी खारेज माग गर्दै मन्त्रीको घरमा कालो झण्डा र ब्‍यानर

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १२, बिहीबार १३:३६ गते

१२ फागुन २०७८, बिहिवार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ ।

नेकपा विप्लवले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।

नेकपा विप्लवका दार्चुला जिल्ला इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी पारित गराउन सहयोग गरेका कारण विरोध स्वरुप उनको घरमा कालो झण्डा र ब्यानर लगाइएको बताए ।

मन्त्रीलाई दलालको संज्ञा दिइएको उक्त ब्यानरमा ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइदैन, दलाल सरकार चाँहिदैन’ लगायतका नारा पनि लेखिएको छ ।

जिल्ला सदरमुकाम खलङ्गादेखि करिब दुई किलोमिटरको दूरीमा रहेको मन्त्री बडुको उक्त घरमा कोही पनि बस्दैनन् तर गृह जिल्ला आएका बेला भने उनी सुरक्षा तैनाथीका साथ उक्त घरमा बस्ने गरेका छन् ।

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाले बिहीबार दिउँसो खलंगामा नारा, जुलुससहित प्रर्दशनसमेत गरेको छ ।

यो खबर अनलाइ खबरमा छ
विप्लवले कानुनमन्त्री बडुको घरमा कालो झण्डा र ब्‍यानर झुण्ड्यायो

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd