+
Search

ताजा अपडेट +

पपुलर +

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ११, बुधबार ०६:१२ गते

११ फागुन २०७८, बुधबार
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका-४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो ।

चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd