११ फागुन २०७८, बुधबार
राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले एमसीसी सम्झौता फिर्ता लैजान अमेरिकी सरकारलाई अनुरोध गरेका छन् । गौतमले आज (मंगलबार) प्रेस विज्ञप्ती जारी गरेर एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्नसक्ने भन्दै फिर्ता लैजान अनुरोध गरेका हुन् ।
जोरी विज्ञप्तीमा भनिएको छ, ‘यो सम्झौताले ७४ वर्ष हिलेदेखि अविछिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि प-यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्याङ ठान्ने खलनायकहरुले नै बोक्नुपर्नेछ ।
मैले यस भन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तीमार्फत् आग्रह गरेको थिएँ । तर, हुन सकेन ।’
उनले थप भनेका छन्, ‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझैं प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ ।’
प्रतिक्रिया