+
Search

ताजा अपडेट +

पपुलर +

यूएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १०, मंगलवार १२:१५ गते

१० फागुन २०७८, मंगलवार
आइसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनल खेलमा यूएईले नेपाललाई १ सय ७६ रनको लक्ष्य पूरा गर्न चुनौती दिएको छ ।

मंगलबार ओमान स्थित अल अमारत क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा सात विकेट गुमाउँदै नेपाललाई एक सय ७६ रन बनाएको हो ।

खेलमा यूएईका लागि मोहम वसिमले सर्वाधिक रन बनाए । उनले ४८ बलमा सर्वाधिक ७० रन बनाए । उनीपछि भ्रित्य अरभिन्दले ४६ रनको योगदान गरे । मोहमद उसमानले १७ रन बनाए ।

नेपालका लागि जितेन्द्र मुखिया र अविनास बोहराले ३–३ विकेट लिए भने कप्तान सन्दीप लामिछानले १ विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd