+
Search

ताजा अपडेट +

पपुलर +

जंगलमा भेटिएको शवको पहिचान खुल्यो, मृतक दमकका दिपक सिग्देल

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १०, मंगलवार ०५:३५ गते

१० फागुन २०७८, मंगलवार
सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ । मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले जानकारी दिएका हुन ।

फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्षेत्रमा निलो पहेंलो रंगको जेब्रा झोला फेला परेको थियो। त्यस झोलामा प्याक गरिएको अवस्थामा एक पुरूषको टाउको र दाहिने खुट्टा फेला परेको थियो। जंगलमा घाँस काट्न गएका गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा डग स्निफिङको टोली खटिएको थियो। यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फरेन्सिक विशेषज्ञ चिकित्सक पनि खटिएका थिए।

त्यसपछि प्रहरीले टाउको र खुट्टालाई प्रतिष्ठानको शव गृहमा लगेको थियो। त्यसकै भोलिपल्ट बाँकी अंग खोज्न प्रहरीको टोली खटिएको थियो । सो टोलीले गत बिहीबार बिहान ५ गते उत्तर धरधरे भन्ने स्थानमा अर्को झोला फेला पार्‍यो। त्यस झोलामा बाँकी शरीर पनि फेला परेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd