९ फागुन २०७८, सोमबार
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । अमेरिकी सहयोग परियोजना एमएसीसीको विरोधमा बानेश्वरबाट निस्किएका विद्यार्थी नेताहरुले बानेश्वरमा गृहमन्त्री खाँणको पुत्ला जलाएका हुन् ।
विद्यार्थीहरुले गृहमन्त्रीको पुत्ला जलाउँदा प्रहरीको उपस्थिति चाहिँ त्यहाँ थिएन । विद्यार्थीहरुले एमसीसी विरोधी आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको पनि आरोप लगाएका छन् । एमसीसी आइतबार प्रतिनिधिसभामा टेबल भएको छ ।
प्रतिक्रिया