+
Search

ताजा अपडेट +

पपुलर +

नेप्से दोहोरो अंकले बढ्दा सबै समूहमा हरियाली

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ९, सोमबार ११:३८ गते

९ फागुन २०७८, सोमवार
सेयर बजारमा सोमबार सकारात्मक भएको छ । नेप्से सूचक दोहोरो अंकले बढेपछि लगानीकर्ताको मनोबल केही सुधार भएको देखिएको छ । यस दिन सूचक २५.४१ अंकले बढेर २७१८.५१ विन्दुमा आइपुगेको छ ।

करिब ३ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम भने तुलनात्मकरुपमा कम हो । २ कम्पनी सकारात्मक सर्किट लागेर वृद्धि भएका छन् । सबै समूहका सूचक वृद्धि भएका छन् । जसमध्ये हाइड्रोपावर समूह सबैभन्दा बडी बढेको छ ।

यअसघि एमसीसी परियोजना र केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गरेपछि लगानीकर्तामा अन्योलता उत्पन्न भएको थियो । अब एमसीसी संसदमा टेबल भएको छ ।

यो पारित भएमा नेपालमा लगानी भित्रिने भएकाले त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने लगानीकर्ताहरुको बुझाई छ । यस्तै, केन्द्रीय बैंकले मार्जिन प्रकृतिका कर्जामा जोखिम भार बढाउने नीति आएसँगै लगानीकर्ता यसअघि दुविधामा परेका थिए ।

तथापि, यसको कार्यान्वयनका लागि सर्कूलर आउन बाँकी छ । यसले लगानीकर्तालाई तत्काल प्रत्यक्ष प्रभाव परिहाल्ने होइन । तर जोखिम भार बढ्दा बैंकहरुले कर्जामा प्रिमियमदर बढाउने र यसबाट ब्याजदर केही वृद्धि हुन सक्ने अनुमान मात्र हो ।

तथापि, पछिल्ला दिनहरुमा यसै पनि बैंक ब्याजदर माथि छ । अब ब्याजदर सामान्यबाहेक खासै माथि जाने ठाउँ देखिंदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd