+
Search

ताजा अपडेट +

पपुलर +

सुनको मूल्य घट्यो

राजेश आचार्य
२०७८ फाल्गुन ९, सोमबार १०:३९ गते

९ फागुन २०७८, राजेश आचार्य ।
सुनको भाउ प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ ।

आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य