८ फागुन २०७८, आइतवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विदेशीको इसारामा सरकारले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गरेको आरोप लगाएको छ।
आइतबार सरकारले एमसिसी टेबल गरेपछि आन्तरिक छलफलमा जुटेको एमालेले अराजकता र अस्थिरता निम्त्याउन एमसिसी ल्याइएको बताएको हो।
‘सरकारले विदेशीको इरासामा देशभित्र अराजकता र अस्थिरता निम्त्याउन जबरजस्ती एमसिसी टेबल गरेको छ’, अध्यक्ष केपी शर्मा ओलीको भनाई उद्धृत गर्दै एक सांसदले सेतोपाटीसँग भने,‘ राष्ट्रिय सहमति नभएसम्म ल्याउन हुँदैन थियो।’
यसअघि नेपाली कांग्रेसले एमसीसी पारित गर्नका लागि एमालेको सहकार्य खोजेको थियो । एमालेले भने पहिले संसदमा टेबल गर्न सुझाव दिएको थियो ।
सरकारले प्रस्ताव टेबल गरेपछि मात्र आफ्नो धारणा सार्वजनिक गर्ने भनेको एमालेले हतारमा सरकारले निर्णय गरेको निष्कर्ष निकालेको छ। अमेरिकी सहयोग परियोजना एमसिसीसम्बन्धी सम्झौता प्रतिनिधि सभामा टेबल भएको छ।
सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट एमसिसी सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।
प्रतिक्रिया