+
Search

ताजा अपडेट +

पपुलर +

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ६, शुक्रबार ०१:२७ गते

६ फागुन २०७८, शुक्रवार
एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र एकीकृत समाजवादी कुनै हालतमा एमसीसी टेबल गर्न नहुने अडानमा रहे ।

“हामी एमसीसीमा भएका गम्भीर र आपत्तिजनक कुराहरु नसच्याईं कुनै हालतमा अनुमोदन गर्नु हुँदै हुँदैन भनिरहेका छौ त्यो अडानमा दृढ छौ ।” एकिकृत समाजवादिका नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले भनेका छन ।

यस्तै उनले भनेका छन, यति आपत्तिजनक विषयलाई अहिले कोही अमुक दल मिलेर पारित गर्नेतर्फ गइयो भने सिंगो नेपालमा दनदनी आगो बल्छ । आन्दोलन हुन्छ । त्यसपछि के–के हुन्छ अहिले कल्पना गर्नै सकिँदैन ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd