५ फागुन २०७८, बिहीबार
अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल गर्न बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले एमसिसी भोलि पनि संसदमा टेबल नहुने निर्णय गरेको बैठकमा उपस्थित एक नेताले बताए।
‘बैठक सकिएको छ। एमसिसी भोलि पनि टेबल नगर्ने सहमति भएको छ’, ती नेताले भने,‘हामीले अझै छलफल गरौं, अध्ययन गरौं, बाटो खोजौं। गठबन्धन भरसक नटुटाऊँ भन्ने छ।’ यस्तै छलफलका लागि बैठक भोलि बिहान १० बजे पनि बस्नेछ।
सत्ता गठबन्धनमा कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा अभिएको छ भने माओवादी केन्द्र, एकीकृत समाजवादी भने विपक्षमा उभिएको थियो। यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
प्रतिक्रिया