+
Search

ताजा अपडेट +

पपुलर +

युवा संघद्वारा सडकमै चिया पकाए

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ५, बिहीबार १२:४६ गते

५ फागुन २०७८, बिहिवार
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । विहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यबृद्धिको बिरोध गरेका थिए ।

प्रदर्शनकारीहरुले ‘युथ फोर्स जिन्दावाद’, ‘हत्यारा सभामुख राजीनामा दे’, ‘मुख छाडा मन्त्री राजीनामा दे’, ‘रेणु यादव राजीनामा दे’, ‘मूल्यबृद्धि फिर्ता गर’, ‘नेकपा एमाले जिन्दावाद’लगायतका नारा लगाएका थिए ।

त्यस्तै उनीहरुले मूल्यबृद्धिको विरोधमा प्रतिकात्मक स्वरुप आइरन कवाडी, मोटरसाइकल, स्कुटरगायतका सवारीसाधानलाई फलामको भाउमा विक्रीमा राखेको थियो । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै विंरोध प्रदर्शन गरिएको युवा संघका संगठन विभाग प्रमुख क्षितिज थेबेले जानकारी दिए ।

उनले मर्यादाविपरीतको अभियव्यक्ति सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गरे । युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि लगाएतका बिषयमा निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd