५ फागुन २०७८, बिहिवार
काठमाडौंको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५० वर्षीया महिला छिन् । विहान करिब ५ बजेर ५५ मिनेटमा बसले दुईजनालाई किचेर फरार भएको महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारि दिए ।
बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुका डिएसपी गौतम मिश्र सहितको टिमले अनुसन्धान गरिरहेको छ ।
मिनिबसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु
२०७८ फाल्गुन ५, बिहीबार ०३:४४ गते
प्रतिक्रिया