+
Search

ताजा अपडेट +

पपुलर +

प्राङ्क भिडिओ बनाउने झापाका सेढाईं पक्राउ

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ४, बुधबार ०६:१७ गते

४ फागुन २०७८, बुधबार
झापाका प्राङ्कस्टर आकाश सेढाईं पक्राउ परेका छन् । सार्वजनिक स्थलमा प्राङ्कका नाममा सर्वसाधारणलाई मानसिक सास्ति दिएर भिडियो बनाइ आफ्नो युट्यूवमा हालेको भन्दै सेढाईलाई प्रहरीले पक्राउ गरेको हो ।

आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ३ फागुनमा पक्राउ अनुमति लिएर पक्राउ गरी सोही अदालतको आदेश अनुसार सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

विर्तामोड घर भएका २७ वर्षिय सेढाईंले लामो समयदेखि प्राङ्क भिडियो बनाउदै आएका थिए । उनका ५ लाख भन्दा बढी फलोअर्स छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd