+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल बन्दको घोषणा पश्चात् गृहले दियो सबै जिल्लालाई निर्देशन

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन ४, बुधबार ०१:०१ गते

४ फागुन २०७८, बुधवार
बुधवार विभिन्न ५ राजनीतिक दल र एउटा मोर्चाले नेपाल बन्द आह्वान गरेपछि सरकारले शान्ति सुरक्षा चुस्त राख्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको सूचना प्राप्त भएको भन्दै गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिहरू हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो ।

‘नेपाल कम्युनिस्ट पार्टी लगायतका ६ वटा राजनीतिक दलले आज फागुन ३ गते साँझ मसाल जुलुस प्रदर्शन गर्ने र फागुन ४ गते नेपाल बन्दको आह्वान गरेको भनी सूचना प्राप्त भएकोले सो सन्दर्भमा कानुन विपरीतका उल्लेखित गतिविधिहरू हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रले उच्च सतर्कता र निगरानी बढाई जिल्लाको समग्र शान्ति सुरक्षा र सुव्यवस्थालाई चुस्त दुरुस्त बनाउनुहुन आदेशअनुसार अनुरोध छ’ गृह मन्त्रालयले भनेको छ।

सरकारले एमसीसीलाई भोलि संसद्मा टेबल गर्न लागेको भन्दै वामपन्थी दलहरूले नेपाल बन्दको आह्वान गरेका छन् । यस्तै सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधवार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन वैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा ९माओवादी केन्द्र० लगायतले भोलि नेपाल बन्द गर्ने भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd