३ फाल्गुन २०७८, मंगलवार
अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको नेतृत्त्वमा रहेको ‘हाम्रो नेपाल, हाम्रो अभियान’ राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मिसिने भएको छ ।
राप्रपाको मंगलबार बसेको पदाधिकारी बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले शाही नेतृत्त्वको ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’ राप्रपामा आउन लागेको जानकारी दिए ।
उनका अनुसार आगामी फागुन ६ गते औपचारिक रुपमा शाही राप्रपा प्रवेश गर्ने भएका छन् । तर, हाललाई यस विषय सार्वजनिक नगरिएको उनले बताए ।
समान विचार भएका दलसँग पार्टी एकता गर्न गठित महामन्त्री धवलशमशेर राणा नेतृत्त्वको वार्ता समितिले बैठकमा शाही नेतृत्वको समूह राप्रपामा आउने जानकारी दिएको थियो ।
प्रतिक्रिया