२ फागुन २०७८, सोमवार
झापा गौरीगञ्जका पत्रकार मदन राजवंशीलाई हात काटिदिने धम्की आएको छ । गौरीगञ्जका ९ सहित ११ जना युवाहरुलाई भिजिट भिसामा दुबई पठाएर अलपत्र पारेको समाचार प्रकाशन गरेको भन्दै राजवंशीलाई यस्तो धम्की आएको हो । पत्रकार राजवंशीले भिजिट भिसामा दुबई पठाउने सञ्जय महतोले समाचार लेख्ने पत्रकारलाई हात काटिदिने धम्की दिएको जानकारी दिए ।
समाचार लेख्ने गौरीगञ्ज दर्पण डटकमका सम्पादक राजवंशीलाई दिउसो ४ बजेर फोन गरेर महतोले धम्की दिएका हुन् । फोनमा उनले प्रहरी कार्यालयमा कागज गरि सके पछिपनि किन समाचार लेखेको भनि धम्क्याएका पत्रकार राजवंशीले जानकारी दिएका छन् ।
महतोले अबैध रुपमा भिजिट भिसाबाट गौरीगञ्जका ९ सहित ११ जनालाई दुबइ पठाएर बिगत २४ दिनदेखि दुबइमा अलपत्र परेको समाचार राजवंशीले लेखेका थिए । ११ जना युवा दुबइमा अलपत्र पारेपछि शुक्रबार पीडितका अभिभावकहरुले ईलाका प्रहरी कार्यालय गौरीगञ्जमा उजुरी दिएका थिए ।
आईतबार पीडितका अभिभाबक तथा पीडक बिच छलफल चलाईएको थियो । छलफल पछि पीडक महतोले भिजिट भिसा सकिन केहि दिन बाँकी रहेको हुँदा सो अवधिमा उनीहरुलाई भने जस्तो काम लगाई दिने र लगाउन नसके फिर्ता ल्याइदिने सहमति भएको थियो ।
प्रतिक्रिया