२ फागुन २०७८, सोमवार
कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले भारतसंग व्यापार बढाउन नेपालले पहल गरिरहेको बताएका छन् ।
झापाको मेचीनगरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आयोजना गरेको कार्यक्रममा सहभागी महादूत पौडेलले चियासहित नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुको बजारीकरणमा दूतावासले पहल गरिरहेको बताएका हुन् । चियासहित केही कृषिजन्य बस्तुको निर्यातमा भारतले नेपाली व्यवसायीलाई दुःख दिइरहेको अवस्थामा दूतावासको तर्फबाट सहजीकरण गर्ने कार्य निरन्तर गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले चिया निर्यात गर्दा भारतीय पक्षबाट व्यवसायीलाई बिना कारण विभिन्न किसिमको झञ्झट दिने भएकाले त्यसको अन्त्यका लागि दूतावासले पहल गर्नुपर्ने बताए ।
उनले गलगलिया नाका खुलाउनु पर्ने भन्दै यो नाका खुलेको खण्डमा चिया लगायतका कृषिजन्य वस्तु निर्यातमा सहज हुने धारणा राखे । नेपालमा उत्पादित चियालाई भारतले खरिद गर्ने र दार्जीलिङको कम गुणस्तरीय चिया मिसाएर क्वालिटी लेस बनाउँदै बिक्री गर्ने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया