१ फागुन २०७८, आइतबार
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार लघुवित्तको शेयर आज साँझ ५ बजे बाडफाँट हुने भएको हो ।
लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । त्यसमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आज बाँडफाँट
२०७८ फाल्गुन १, आईतवार ११:१८ गते
प्रतिक्रिया