+
Search

ताजा अपडेट +

पपुलर +

शेयर बजारमा ‘प्यानिक सेल’, १०० अंक घटेर २७०० विन्दुमा नेप्से

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १, आईतवार ११:११ गते

१ फागुन २०७८, आइतबार
बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएसँगै शेयर बजारमा ‘प्यानिक सेल’ देखिएको छ। माघ महिनाको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका थिए। नयाँ ब्याजदर अनुसार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेको छ। माघ महिनामा १०.०५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको अधिकतम ब्याजदर फागुनमा ११.०३ प्रतिशत पुगेकाे छ।

बजारसँग उल्टो सम्बन्ध रहेको ब्याजदर बढेपछि यस दिन बजारमा घट्न पुगेको हो। ‘प्यानिक सेल’ बढेसँगै यस दिन नेप्से परिसूचक १०१.२४ अंक अर्थात ३.६१ प्रतिशत घटेर २७००.३२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.९४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.२६ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने घटेको छ। यस दिन २२७ कम्पनीको ८१ हजार ८३७ पटकको कारोबारमा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आइतबार २२७ कम्पनीमध्ये २२१ कम्पनीको शेयरमूल्य घटेको छ। जसमध्ये अपर तामाकोशीको शेयरमूल्य सर्वाधिक ८.३७ प्रतिशत घटेको छ।

त्यसैगरी, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ८.२६ प्रतिशत घटेको छ भने शिवश्री हाइड्रोपावर, विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक र पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन ५ म्युचुअल फण्डको इकाईमूल्य घटेको उकालो लागेको छ। यद्यपि, यी फण्डहरुको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रक्चर, नेशनल हाइड्रोपावर र अपि पावरको २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक ५.०३ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd