+
Search

ताजा अपडेट +

पपुलर +

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ फाल्गुन १, आईतवार ००:४८ गते

१ फागुन २०७८, आइतवार
झापाको मेचीनगर–१३ स्थित फुलबासा खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–१३ का ५० बर्षीय मानबहादुर रसाइली रहेका छन् ।

आफ्नो घरबाट करेन्ट लगाएर खोलामा माछा मार्नेक्रममा रसाइलीको मृत्यु भएको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । शनिबार ५ बजे बराइलीले घरबाट १५ मिटर पश्चिम खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा घाइते भएका थिए ।

तत्कालै उनलाई उपचारका लागि चारआलीस्थित मनकामना अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको उनले बताए । अहिले मृतक बराइलीको शव पोसमार्टमका लागि भद्रपुर लगिसकेको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd