२९ माघ २०७८, शनिवार
बाह्रदशी गाँउपालिकामा नेकपा एमाले निकट युवा संघ गठन भएको छ । बाह्रदशी ५ कवर्डहलमा भएको कार्यत्रममा बाह्रदशी ५ का मेरून योङ्हाङ्गको नेतृत्वमा समिति चयन भएको हो । केहि समय अघि गाँउपालिकाको सातै वर्डामा सवा समिति गठन भएको थियो ।
उपाध्यक्ष शिशिर सापकोटा , सचिवमा सिद्दान्त ढकाल, कोषाध्यक्षमा कुमार कट्वाल र सह सचिवमा धिरज गिरि नरेश, ओली र दक्षिणा श्रेष्ठ चयन भएका छन ।
जय नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रम नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा जिल्ला इञ्चार्ज अग्नि खरेलको प्रमुख आतिथ्यतामा भएको थियो ।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य एवम् झापाका सह–इञ्चार्ज हरि बहादुर राजवंशी, प्रदेश कमिटी सदस्य एवम् जिसस झापाका प्रमुख सोमनाथ पोर्तेल, राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य रोजिना पाण्डे, प्रदेश अध्यक्ष अनिता कन्दङ्वा, झापाका संयोजक सागर पोर्तेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया