+
Search

ताजा अपडेट +

पपुलर +

खरानी भयो झापाको एक मात्र चाउचाउ उधोग

मुनाल न्यूज डेक्स
२०७८ माघ २९, शनिबार १४:४१ गते

२९ माघ २०७८, शनिवार
झापाको एक मात्र चाउचाउ उधोग खरानीमा परिणत भएको छ । मनषा थाइफुड्सको कार्टुन गोदामबाट शुरु भएको आगोले चाउचाउ उधोगलाई पूर्र्ण रुपमा खरानी बनाएको हो । मगमग चाउचाउ र चिप्स उत्पादन गर्दै आएको उधोगमा शनिवार विहान ४ बजे आगलागी भएको थियो ।

उधोगको पूर्व भागमा रहेको गोदामबाट शुरु भएको आगो नियन्त्रण बाहिर गएपछि झापा, इलाम, मोरङ र सुनसरीको दमकलबाट १० घण्टापछि आगो नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उधोगका सञ्चालक बुद्धि घिमिरेले आगलगीबाट उधोग शून्यमा झरेको बताए । घिमिरेले भने, ‘शुन्यभन्दा पनि माइनसतिर गयो भन्न सकिन्छ । यो फोहोर उठाउन पनि अब नै पैसा चाहिन्छ ।’
उधोगमा आगलागी भएको शुरुमा स्टाफले देखेका थिए, घिमिरे भन्छन्, उनीहरुले जानकारी गराएपछि हामीले पनि थाहा पायौं । आगो देखेको केहि वेरमै फैलिएको थियो, उधोगका स्टाफ भन्छन् ।

२०७५ साल भदौमा झापाकै व्यवसायी वुद्धि घिमिरे, अजय अग्रवाल, ओमप्रकाश अग्रवाल, गणेश प्याकुरेल, पर्शुराम अग्रवालले १ अर्ब लगानीमा उद्योग सञ्चालनमा ल्याएका थिए । आगलागीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ । झापा प्रहरीका अनुसार भौतिक संरचना, कच्चापदार्थ, मेसिन सबै जलेकाले अहिले नै क्षतिको विवरण आइनसकेको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।
‘उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्’ डिएसपी थापाले भने । केही खाने तेलका ट्याङ्की भने आगलागीबाट बचाउन सकेको पाठक बताउँछन् ।

उधोगमा १५० जना पूर्णकालिन र करीब ३ सय अल्पकालिन कामदार कार्यरत थिए । मेचीनगरमा यसैसाता एसएस फुटवेयरमा आगलागी भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd