+
Search

ताजा अपडेट +

पपुलर +

हिन्दु धर्म विरोधी समाचार प्रकाशन नगर्न सञ्चारमाध्यमलाई चेतावनी

मुनाल न्यूज डेक्स
२०७८ माघ २९, शनिबार १२:३९ गते

२९ माघ २०७८, शनिवार
हिमाल सुरक्षा परिषद नेपालले हिन्दू धर्म विरोधी समाचार प्रकाशन तथा प्रशारण नगर्न सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको छ ।

परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी केही सञ्चारमाध्यमले पैसाको प्रलोभनमा परी देशको मौलिक धर्म–संस्कार र संस्कृतिको अपब्याख्या गर्दै विदेशी धर्म प्रचार गरेको भन्दै उक्त प्रचार तत्काल बन्द गर्न आग्रह गरेको छ ।

हिमाल सुरक्षा परिषद नेपालका मेची अञ्चल कमिटी इञ्चार्जले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्र र धर्म हित विपरीतका कार्य गरेमा हाम्रो संगठन कारवाही गर्न बाध्य हुनेछ र यसको जिम्मेवार स्वयम् त्यस्ता कार्य गर्ने सञ्चारमाध्यम नै हुनेछ ।

सञ्चारमाध्यमलाई चेतावनीशैलीमा लेखिएको विज्ञप्तिमा धर्म र देशको मौलिकतालाई प्राथमिकता दिन आग्रह गरिएको छ । परिषदले केही दिन मात्र बिर्तामोड र दमकमा प्रेसर कुकुर बम राखेर आतंक मच्याएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd