+
Search

ताजा अपडेट +

पपुलर +

गुरु चेला परियोजनाको दोश्रो चरण पुनः सुरु

D R Sharma
२०७८ माघ २९, शनिबार १०:३४ गते

२९ माघ, २०७८

भुटानी शरणार्थी शिविर बेलडागी झापामा ‘गुरु चेला’ कार्यक्रमको दोश्रो चरण पुनः सुरु भएको छ । पारिवारिक विखण्डन र अन्य कारणले अभिभाकत्वको अभावमा कुलतमा समेत लाग्न पुगेका शरणार्थी र सो आसपास समूदायका बालबालिकालाई सुधार्न थालिएको कार्याक्रम ‘गुरु चेला’ फेरि सुरु भएको हो   ।

यश अघि उक्त कार्यक्रम 3 महिनाको लागि परिक्षणको रुपमा सन्चालन गरिएको थियो ! ३० जना बालबालिका माझ ६ जना गुरुबाट थालिएको अन्त्यन्तै प्रभावकारी र प्रशंसनिय  उक्त कार्याक्रम अहिले ९ जना गुरुहरु थपेर अझ धेरै बालबालिका र प्रडारित परिवारलाई समेटने प्रयास गरिएको हो ।

अभिभावक नभएका र भएर पनि रेखदेख गर्न नसकेका बालबालिकालाई सही मार्गमा हिडाउन थालिएको कार्याक्रम धेरै प्रभावकारी बनेकाले कार्यक्रम बढाइएको गुरुमा सुस्मिता राईले बताउनु भयो । भूटानी शरणार्थी शिविरबाट अमेरिका पुनर्वास भएका ४ जना युवाले बालबालिका सुधारका लागि लाग्ने आवाश्यक खर्च सहयोग गर्दै आएका छन् ।

यस अघि लामो समय शरणार्थी शिविरमा वसेर यहाँको समस्या बुझेर तेस्रो मुलुक पुगेर समेत समाज सेवामा लागेका मन पौडेल, लोचन खतिवडा, भूवन आचार्य र चन्द्र उप्रेतीले आर्थिक सहयोग गरेका छन् ।

कार्याक्रम प्रभावकारी बने पछि थप सहयोगी दाताले गुरुलाई दिने मासिक तलवको व्यवस्था गरेकाले ३ सय बढी बालबालिकालाई निशुल्क टयूसन र अन्य कक्षा संचालन थालिएको कार्याक्रम संचालन गर्दै आएको फेन्स क्लव भूटानका अध्यक्ष युवराज साङपाङ राईले बताउनु भयो । यसका लागि दोस्रो प्याकेजमा थप नक्षेत्र फाउण्डेसनका अर्जुन सुवेदीले समेत सहयोग गर्न थालेको उहाँले बताउनु भयो ।

कतिपय जोखिममा रहेका बालबालिकाहरु कुलतमा समेत लाग्न थालेका थिए । तर अहिले उनीहरु सही मार्गमा हिड्न थालेकाले पढाईका लागि थप कक्षा संचालन थालिएको छ । दाताहरुको सहयोगमा आफ्ना बालबालिकाको रेखदेख र पढाईमा सहयोग हुन थाले पछि भूटानी शरणार्थी शिविरका अभिभावकहरु खुशी बनेका छन् ।

यस अघि कुलतमा पुगिसकेका आफ्ना छोराछोरी सहि मार्गमा हिड्न थालेकोले अभिभावकहरुले सहयोगीदाता र कार्याक्रम संचालकलाई धन्यवाद समेत दिएका छन् ।
याे कार्यक्रम विस्तार गरेर लानेक्रममा कम्पुटर, ट्यूसन लगायतका १ देखि १० कक्षासम्मका विधार्थीलाइ लक्षित गरिएकाे छ ।

यश परियोजनामा , Nakshatra Fpundation ले 25 जाना , ROHI Global Mission ले 10 जाना र दिलमान राना साम्पाङबाट 10 जना 9-12 Class का नानीहरुलाई बेसिक कम्पुटर कक्षा पनि दिन थालिएको छ । Nakshatra Foundation ले विगतमा पनि फेन्स क्लब, बि आर सी संग समन्वय गरि धेरै काम गरेका थिए।
  (युबराज राई , अध्यक्ष फेन्स क्लब)

पछिल्लाे समय ३ बर्षदेखि शिविरमा विधालय बन्द गरे पछि भूटानी शरणार्थी बालबालिकाहरू स्थानीय ढुकुरपानी मावि र चुलाचुली स्कुलमा पडदै आइरहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा