२९ माघ २०७८, शनिवार
राष्ट्रिय प्रजातन्त्र पार्टी बाह्रदशी गाउँपालिकाले गा.पा. अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेको छ । उमेद्वारी टुङ्गो लागे संगै झापाको बाह्रदशीमा चुनावी माहोल सृजना हुन थालेको छ ।
बाह्रदशी ५ स्थित कबड हलमा शुक्रबार सम्पन्न भेलाले रामकुमार सिंह राजवंशीलाई अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको छ । छिट्टै सबै तहमा उम्मेवार घोषणा गर्ने जनाइएको छ । उमेद्वारी घोषणा सभामा राप्रपा केन्दिय अध्यक्ष तथा प्रतिनिधी सभा सांसद राजेन्द्र लिङ्देनको पनि उपस्थिति रहेको थियो ।
नेता सिंह बाह्रदशी क्षेत्रमा लोकप्रिय र पार्टी भित्र निष्ठावान व्यक्तिको रूपमा परिचित छन् । सामाजिक रूपमा समेत महत्त्वपूर्ण ख्याती कमाउदै आएका सिंहको उम्मेदवारीले बाह्रदशी क्षेत्रमा नयाँ तरंग ल्याएको बताइन्छ ।
चुनाव प्रचारप्रसार समिति गठन
गाउँपालिका अध्यक्ष पिबी कट्वालको सभापतित्व तथा पार्टीका पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेकनारायण राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्व केन्द्रिय सदस्य राम कुमार सिंह राजंवशी, जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, प्रदेश सदस्य जीवन पनेरु, लगायत प्रदेश, जिल्ला , क्षेत्र, प्रदेश सभा गाउँ तथा वडा समितिका स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।
राप्रपाबाट बाह्रदशी अध्यक्षमा रामकुमार शिहं राजवंशी
२०७८ माघ २९, शनिबार ०१:०६ गते

प्रतिक्रिया