+
Search

ताजा अपडेट +

पपुलर +

एमसिसी पारित गर्न अमेरिकाको निर्णायक दबाब

मुनाल न्यूज डेक्स
२०७८ माघ २८, शुक्रबार ०५:३६ गते

२८ माघ २०७८, शुक्रबार
एमसिसी सम्झौता अविलम्ब संसद्बाट पारित गर्न सरकार र दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाब बढाएको छ । अमेरिकी सरकारका मन्त्री, एमसिसीका उच्च अधिकारी र नेपालस्थित अमेरिकी राजदूत निरन्तर सक्रिय छन् ।

बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी विदेश सहायकमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसँग टेलिफोन वार्ता गर्दै एमसिसी अगाडि बढाउन दबाब दिएका छन् ।

लुले टेलिफोन संवादमा एमसिसी पारितका लागि आफ्ना चासोहरू बुँदागत रूपमै राखेका छन् । १६ फागुनसम्म संसद्बाट पारित नभए नेपालले ५० अर्ब डलर सहायताको परियोजना प्राप्त नगर्ने सन्देश उनले दिएका छन् ।

नेताहरूका अनुसार लुले ‘एमसिसीबारे नेपाली दलहरू छिटै निर्णयमा पुग्नुपर्ने, संसद्बाट अविलम्ब पारित गर्नुपर्ने, सम्झौताको कुनै पनि बुँदा परिमार्जन नहुने, संसद्बाट अनुमोदन नभए त्यसलाई चिनियाँ प्रभावका रूपमा बुझ्ने र नेपालले पाउँदै आएको अन्तर्राष्ट्रिय सहयोग प्रभावित हुन सक्ने’ बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd