२७ माघ २०७८, बिहिवार
झापाको बाह्रदशी गाँउपालिकाले ठेला वितरणा कार्यत्रम सम्पन्न गरेको छ । गाँउपालिकाको उपाध्यक्ष कार्यत्रम अन्तर्गत चटपटे पानिपुरी व्यवसाय गर्दै आएका अति विपन्न परिवारलाइ ठेला वितरण गरिएको हो ।
उपाध्यक्ष कार्यत्रम अन्तर्गतको ५ लाखको लगानीमा गाँउपालिका भित्रका दश ठेला वितरण गरिएको गाँउपालिका उपाध्यक्ष रत्ना कुमारी राजंशीले जानकारि दिनुभयो । ठेलाले बजारीकरण गर्न सहयोग गर्दै स्वरोज्गार बनि आर्थिक उपार्जन गर्नमा सहयोग हुने उपाध्यक्ष राजवंशीले विश्वास व्यक्त गर्नु भयो ।
ठेला प्राप्त गरेका व्यक्तिहरू ठेला पाएपछि खुशी देखिनु भएको थियो । गँउपालिका र उपाध्यक्षको यो कामले हाम्रो जिविको पार्जन र स्वरोज्गार बन्न धेरै ठुलो मद्त पुग्ने बताएका छन ।
बाह्रदशी ५ फुलबारी घर भएका राजु राजवंशी बिगत लामो समय देखि चटपटे व्यवसाय गदै अाउनुभएको छ । वाहाले गाँउपालिका बाट गरि खाने बाटो पाएकोमा धेरै खुशी भएको बताउनु भएको छ ।
प्रतिक्रिया