२५ माघ २०७८, मंगलवार
जाल्पा सामुदायिक लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा हालसम्मकै उच्च २६ लाख ५९ हजार ५४० जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार (माघ २५ गते) साँझ ५ बजेसम्म २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् ।
यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा ६६.६५ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । यो आइपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको हो ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्ने ब्यवस्था थियो ।
जाल्पा सामुदायिकको आइपीओमा नयाँ रेकर्ड, २६ लाख ५९ हजारभन्दा बढीले भरे
२०७८ माघ २५, मंगलवार १३:४८ गते
प्रतिक्रिया