+
Search

ताजा अपडेट +

पपुलर +

दुई महिनामै सरुवाको पत्र आएपछि भद्रपुरका मेयरलाई हाकिमको काउन्टर

दर्पण
२०७८ माघ २५, मंगलवार ०७:३० गते

२५, माघ २०७८
भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी बिच अहिले बोलचाल बन्द छ । उनीहरु बिचमा औपचारिकता कै लागि मात्र बोलचाल हुने गरेको छ ।

मेयर र हाकिम बिचमा शुरुदेखि टिउनिङ नमिलेको नगरका एक कर्मचारी बताएँछन् । नगरभित्र कै जानकारहरु भन्छन्, कुरा नमिलेकै कारण मेयर श्रेष्ठले रेग्मीलाई सरुवा गर्न मन्त्रालयलाई भने ।

गत असोज ६ गते नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई २ महिनामै सरुवाको पत्र प्राप्त भयो । नगर प्रमुख मेयरले आफ्नो शक्ति प्रयोग गरेर हाकिमलाई सरुवाको पत्र थमाउन सफल भए । मेयर र हाकिम बिचको लफडाले मन्त्रालयले समेत सरुवाको पत्र पठायो ।

यता, पहुँच भएका हाकिम रेग्मीले मेयरलाई टेरेनन् । उनले सरुवालाई काउन्टर दिदैं सरुवा रोक्का (थमौती) पत्र ल्याए । उनलाई मन्त्रालयले नै थमौति गरिदियो । मेयरको सरुवा रोकेर हाकिम रेग्मी अहिले भद्रपुर मै काम गरिरहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत रेग्मीले २ वर्षसम्म भद्रपुर मै काम गर्ने भन्दै मन्त्रालयलाई निवेदन दिएका थिए । निवेदनकै आधारमा मेयरको सरुवा गर्ने धोको अपुरो भएको छ । मन्त्रालयको पत्रले मेयरभन्दा प्रशासकीय अधिकृतलाई शक्तिशाली बनाएको छ ।

उनीहरु बिचमा पुस ५ गतेको एउटा कार्यक्रम तयारीका सन्दर्भमा विवाद भएको थियो । प्राप्त सूचना अनुसार बालमैत्री दिवस मनाउने कार्यक्रमको तयारी हुँदै गर्दा मेयर र हाकिम बिचमा विवाद भएको हो । मेयर र हाकिम बिचमा झण्डै कुटाकुट नै भएको प्रत्यक्षदर्शी बताउँछन् ।

हाकिमले आफ्नो जिम्मेवारी पुरा नगरेको र मेयरले कर्मचारीको जस्तो भूमिका निभाउन खोज्दा विवाद शुरु भएको बुझिएको छ । सोही कार्यक्रमको तयारीका सन्दर्भमा नगर परिसरमा अवेरसम्म विवाद भएको एक कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।